यी हुन बलिउडका सबैभन्दा बढी कमाउने अभिनेत्री
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
11:48am आइतबार ६ भाद्र
यी हुन बलिउडका सबैभन्दा बढी कमाउने अभिनेत्री
मुम्बई–यो वर्ष नेशनल अवार्ड आफ्नो नाममा पर्न सफल बलिउड अभिनेत्री कंगना रनौटले रातारात अन्य अभिनेत्रीलाई पछाडि पार्दै सफलताको श्रेणी चढ्न सफल भएकी छिन् । कंगनाले भर्खरै रिलिज भएको फिल्म 'तनु वेड्स मनु रिटन्र्स' मा अभियन गरे वापत ११ करोड रुपैंया पारिश्रमिक लिएको भारतीय संचारमाध्यमले जनाएका छन् । यो पारिश्रमिक अन्य अभिनेत्रीको तुलनामा धेरै ज्यादा हो।
दीपिका पादुकोण–'ये जवानी है दिवानी', ककलेट, चेन्नई एक्प्रेस, पिकूलगायत उनी अभिनित फिल्म सफल भएपछि बलिउडमा दीपिका महंगी अभिनेत्रीको रुपमा दरिएकी छिन् । कंगनापछि बलिउडमा दोस्रो नम्बरमा महंगी अभिनेत्रीका रुपमा दीपिकालाई लिने गरिएको छ । दीपिकाले एक फिल्ममा अभियन गरे वापत ९ करोड रुपैंया पारिश्रमिक लिने गर्छिन् ।
करीना कपूर–कम फिल्ममा अभियन गर्नेपनि करीना कपुर यस्ती अभिनेत्री हुन् जसलाई आफ्नो फिल्ममा अभिनय गराउन हरेक निर्देशक मरिहत्ते गर्छन् । करीनाले भर्खरै सलमान खान अभिनित फिल्म 'बजरंगी भाइजान' अभिनय गरेकी थिइन् । चर्चित अभिनेतासँग काम गर्दा करीनालाई राम्रै कमाइ हुने गरेको संचारमाध्यमले उल्लेख गरेका छन् । करीनाले एउटा फिल्ममा अभियन गरे वापत ८–९ करोडसम्म लिने गरेकी छिन् ।
प्रियंका चोपडा–'फेशन, बर्फी तथा मेरी कम फिल्ममा अभियन गरेपछि प्रियंका चोपडा बलिउडकी सबैभन्दा महंगी अभिनेत्रीको लिष्टमा पर्न सफल भइकी छिन् । प्रियंका बलिउडमा दमदार अभियनको लागि परिचित छिन भने उनी अन्तर्राष्ट्रिय सेलिब्रेटी पनि हुन् । प्रियंकाले फिल्ममा अभियन गरे वापत ७–८ करोडसम्म पारिश्रमिक लिने गरेकी छिन् ।
विद्या बालन– विद्या बालन बलिउडकी यस्ती अभिनेत्री हुन जसले अभिनेत्रीको नयाँ परिभाषा बनाएकी छिन् । विद्याले एकपछि अर्को महिला प्रधान फिल्ममा अभिनय गरेर महिला आफैं हिट हुन सक्छन भन्ने प्रमाणित गरेकी छिन् । विद्या एउटा फिल्ममा अभियन गरे वापत ४–५ करोडसम्म लिने गर्छिन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses