झारफुक गर्ने बहानामा झाँक्रीले गरे बलात्कार
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ भदौ ६ गते १२:२३ मा प्रकाशित
गौतम श्रेष्ठ
६ भदौ, गौर । सन्तान प्राप्तीका लागि झारफुक गर्ने बहानामा रौतहटमा एक २५ वर्षीया महिला बलात्कारको शिकार भएकी छिन् । रौतहटको जोकहा गाविसमा शनिबार राति झारफुक गर्ने भन्दै जोकहा ६ का ४५ वर्षीय झाँक्री मौलाना मोफिजुल हकले महिलाको बलात्कार गरेको प्रहरीले जनाएको छ ।
विवाह पश्चात जन्मिएको एक सन्तानको मृत्युपछि लामो समयसम्म पनि अर्को सन्तान नजन्मिएकाले झारफुक गराउन मौलानाको सहयोग लिन पुगेकी महिला बलत्कृत भएकी हुन् ।
आफूले झारफुक गरेपछि सन्तान प्राप्त हुने भनेर मौलानाले दम्पतीलाई विश्वास दिलाएका थिए । शनिवार राति झाक्री विधिले उपचार गर्ने भन्दै दम्पत्तीको घरमा पुगेका मौलानाले झारफुकका लागि सात वटा धाराको पानी थापेर ल्याउन श्रीमानलाई घरबाट बाहिर पठाएर श्रीमतीको बलात्कार गरेका थिए ।
जबरजस्ती करणी गरेका मौलानालाई तत्कालै परिवारजन र गाउँलेले पक्राउ गरी प्रहरीलाई बुझाएको प्रहरी नायव उपरिक्षक सुधिर राज शाहीले बताए ।
‘गाउँको महिलालाई सन्तानको आश देखाएर झारफुक गर्ने भन्दै जबरजस्ती करणी गरेका मौलानालाई हामीले नियन्त्रणमा लिएका छौं,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता समेत रहेका डिएसपी शाहीले भने, ‘पक्राउ परेका मौलाना माथि जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाउने तयारी गरेका छौं ।’ भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses