एकसय गुण्डा दिल्ली भागे
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, ६ भदौ ।
तपाईं काठमाडौँबाट दिल्ली जाने बसको टिकट खोज्दै हुनुहुन्छ ? तत्काल पाउन गाह्रो छ । किनभने काठमाडौँ दिल्ली चल्ने बसमा केही दिनयता सिट पाउन सर्वसाधारणलाई निकै गाह्रो छ । काठमाडौँका गुण्डाले ज्यान जोगाउन धमाधम दिल्ली जाने बसको सबै सिट रिजर्भ गरेर बसेका छन् ।
डन कुमार घैँटे भनिने कुमार श्रेष्ठ प्रहरीबाट मारिएपछि अन्य सानातिना तथा टोले डनहरुको सातो उडेको हो । उनीहरु दिल्ली जाने बसबाट भारतमा जाँदैछन् । केही दार्जिलिङतर्फ लागेको दृष्टिन्युज डटकमले लेखेको छ । प्रहरीले गोली हान्ने डरले भएका गुण्डाहरु चाडपर्वका बेला धमाधम काठमाडौँ छाडिरहेका छन् । विमानस्थलबाट विदेश जाँदा प्रहरीले थाहा पाउने र निगरानी गर्ने भएकाले गुण्डाहरु बसबाटै दिल्ली लागेका हुन्, भागेका हुन् ।
अपराध महाशाखामा एसएसपी सवेन्द्र खनाल आएपछि गुण्डागर्दीविरुद्ध पुष्कर कार्कीजस्तै कडा रुपमा प्रस्तुत हुन लागेका छन् । एसएसपी कार्कीले डन चरीको इन्काउन्टर गरेका थिए । अब उपत्यकामा डनको इन्काउन्टर क्रम नरोकिने प्रहरी स्रोत बताउँछ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses