उत्तर कोरियाली शासकको आदेशमा उपप्रधानमन्त्रीलाई गोली हानियो
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२८ साउन, एजेन्सी ।कम्यूनिष्ट मुलुक उत्तर कोरियामा त्यहाँका युवा शासक किम जोन उनको अत्याचार रोकिएको छैन ।
किमको आदेशमा उप–प्रधानमन्त्रीलाई गोली हानेर मृत्युदण्ड दिइएको श्रोतलाई उद्धृत गर्दै दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ ।
आफ्नो वन नितिमा असहमती जनाएको भन्दै युवा शासक किमले त्रिसठ्ठी वर्षिय उप–प्रधानमन्त्री चोय योङ–गोनलाई मृत्युदण्ड दिएको जनाइएको छ ।
चोयलाई गत मे महिनामा मृत्युदण्ड दिइएको योन्हापले उल्लेख गरेको छ । गत वर्षको डिसेम्बरमा दिवंगत नेता किम जोङ इलको तेश्रो वार्षिकित्सव यता चोय सार्वजानिक कार्यक्रममा देखिएका छैनन् ।
सन् दुइ हजार एघारमा सत्ता सम्हाले यता किमले सत्तरी भन्दा बढी उच्च अधिकारीलाई मृत्युदण्ड दिइसकेका छन् ।
गत अप्रिलमा पनि एक सैनिक कार्यक्रममा किमलाई झस्काएको आरोपमा भुतपुर्व सुरक्ष प्रमूख हेन योङ–चोललाई एन्टीक्रयाफ्ट गनले हानेर मारिएको थियो ।
त्यस्तै सन् दुइ हजार तेह्रमा पनि किमले आफ्नै काका जाङ सङ थाकलाई देशद्रोहको आरोपमा मृत्युदण्ड दिएका थिए ।
चोय सन् दुइ हजार चौधको जुनमा उप–प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । चोय सन् दुइ हजार पाँचमा सोलमा भएको आर्थिक वार्तामा पनि प्योङयाङको प्रतिनिधित्व गरेका थिए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses