विमानस्थलमा अड्डा जमाएर बसेको भारतीय उद्धार टोली स्वदेश फर्किए
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बैशाख २४ - काठमाण्डौ,
सरकारले भूकम्पबाट प्रभावित खोज तथा उद्धार काम तत्कलका लागी सकिएको भन्दै आफ्नो देश फर्किन आग्रह गरेपनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अड्डा जमाएर बसेको भारतीय उद्धार टोली आज स्वदेश फर्किएको छ ।
गत शनिबार गएको विनाशकारी भूकम्पमा परेकाहरुको खोजी तथा उद्दारका लागि नेपाल आएको भारतको १३ वटा टोलीले आज नेपाल छाडेको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार बुधबारसम्ममा ४२ बटा टीमले नेपाल छाडेको छ । नेपाल छाड्ने टोलीमा १३ वटा भारतका छन् । यस्तै चीनका दुई टीम पनि नेपाल छाडेर स्वेदश फर्किएको छ ।
यस्तै टर्कीका चार, हंगेरी, स्पेन र क्यानडाको तीन तीन, फ्रान्सका दुई पनि फर्किएका छन् । नेपाल छाड्ने टीममा बेल्जियम, जर्मनी, नेदरल्याण्ड, फिलिपिन्स, पोल्याण्ड, उत्तर कोरिया, अष्ट्रेलिया, इजरायल, ओमान र जापानको टीम पनि फर्किएको छ ।
सरकारले हालै मात्र खोजी तथा उद्दारको धेरै काम सकिएको भन्दै विदेशी टीमलाई र्फकन आग्रह गरेको थियो । बाँकी काम नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीले गर्न सक्ने सरकारले बनाएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses