नुवाकोटलाई केन्द्र बनाएर आज बिहान दुई पटक भूकम्प
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
May 7, 2015
२४ बैशाख, काठमाडौं ।
विनाशकारी भूकम्प गएको १३ दिनपछि आजसम्म पनि पराकम्पन आउने क्रम जारी छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ३:४१ मा नुवाकोट केन्द्रबिन्दु बनाएर ४.२ रिक्टर स्केल र बिहान ७ः५६ मा ४.० रिक्टर स्केलको अर्को भूकम्प गएको छ । पछिल्लो पराकम्पनका कारण कुनै मानवीय क्षति भने नभएको केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार हालसम्म ४ रिक्टर स्केलमाथिका १४९ वटा पराकम्पन भएको छ । रासस
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses