महाभूकम्प विपत्तिपछि उपत्यकामा डेरा हाहाकार
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
एक लाख ३६ हजार विस्थापित, ३४ हजार घर भत्किए
काठमाडौं, वैशाख २४ – वैशाख १२ मा आएको भूकम्पपछि राजधानीमा डेरा हाहाकार भएको छ । भूकम्पले नचर्किएका घरमा भाडा शतप्रतिशतसम्म बढाइएको छ ।
नेपाल प्रहरीले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार उपत्यकामा मात्र ३४ हजार ४१ वटा घर भत्किएका छन् । एक लाख ३६ हजार पाँच सय ४५ जना विस्थापित भएको प्रहरीको तथ्यांक छ । एकैपटक धेरै जनाको आवास गुमेकाले नयाँ आवास खोज्ने क्रममा डेराको हाहाकार भएको हो ।
प्रहरीका अनुसार उपत्यकामा १३ हजार दुई सय ९१ वटा घर पूर्णरुपमा भत्किएका छन् भने २० हजार सात सय ५० घरमा आंशिक रुपमा क्षति पुगेको छ । अरु हजारौं घर चर्किएका छन् । अपार्टमेन्टमा बस्ने करिब २० हजार व्यक्ति पनि डेराको खोजीमा छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस काठमाडौं, वैशाख २४ – वैशाख १२ मा आएको भूकम्पपछि राजधानीमा डेरा हाहाकार भएको छ । भूकम्पले नचर्किएका घरमा भाडा शतप्रतिशतसम्म बढाइएको छ ।
नेपाल प्रहरीले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार उपत्यकामा मात्र ३४ हजार ४१ वटा घर भत्किएका छन् । एक लाख ३६ हजार पाँच सय ४५ जना विस्थापित भएको प्रहरीको तथ्यांक छ । एकैपटक धेरै जनाको आवास गुमेकाले नयाँ आवास खोज्ने क्रममा डेराको हाहाकार भएको हो ।
प्रहरीका अनुसार उपत्यकामा १३ हजार दुई सय ९१ वटा घर पूर्णरुपमा भत्किएका छन् भने २० हजार सात सय ५० घरमा आंशिक रुपमा क्षति पुगेको छ । अरु हजारौं घर चर्किएका छन् । अपार्टमेन्टमा बस्ने करिब २० हजार व्यक्ति पनि डेराको खोजीमा छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
0 comments
Write Down Your Responses