शुक्रबार मात्रै भूकम्पका ५ धक्का महशुस
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

 २०७२ जेठ ९ गते

शुक्रबार ४ रेक्टरमाथिका ५ वटा भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार २ बजेर ४५ मिनेटमा धादिङ र नुवाकोट केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको छ।

यसैगरी धादिङ र नुवाकोट नै केन्द्रविन्दु भएर ४ बजेर ४४ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको, ५ बजेर ३० मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केल , ६ बजेर ४९ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको र ८ बजेर ४४ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो।
यसबाहेक ४ रेक्टर स्केलभन्दा कमका पराकम्प अझै आइरहेकाले सचेत हुन केन्द्रका प्रमुख लोकविजय अधिकारीले आग्रह गरेका छन्। ठूलो भूकम्पपछि सना पराकम्पन आउनु सामान्य भएको उनको भनाई छ।
स्रोत - purbelinews.com
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses