भारतीय मिडियाले यसरी बनाए संसारलाई उल्लु तस्विर
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

May 6, 2015

२३ बैशाख, काठमाडौं ।
१२ बैशाखको विनाशकारी भूकम्पपछि नेपाल अन्तराष्ट्रिय सञ्चार माध्यमको लागि समाचार श्रोतको केन्द्र नै बन्यो । भयानक विनाश मच्चाएको यो भूकम्पको विषयमा विश्वका सबै नाम सुनिएका सञ्चार माध्यमले आफ्नै शैलीमा समाचार र तस्विर एवं भिडियो प्रकाशन र प्रसारण गरे । अधिकाँशको रिपोर्टिङ सकारात्मक र नेपालको पीडा झल्काउने नै थियो ।

सम्भवतः यो भूकम्पमा सबै भन्दा छिटो उद्दारमा जुट्ने र नेपालको अवस्था विश्व सामु पुर्‍याउने भारतीय मिडिया नै थिए । तर यही समयमा भारतीय मिडिया सबैभन्दा बदनाम भए ।

आम मानिस आजित भएपछि सामाजिक सञ्जालमा भारतीय मिडिया विरोधी अभियान नै चल्यो । #GOHomeIndaianMedia भन्ने फेसबुक र ट्वीटर ट्रेड विश्वभरी चर्चित भए । भारत र नेपालमा १ नम्बरमा रहेका यी ट्रेण्ड विश्वको ध्यान तान्न सफल भए ।

किन भए भारतीय मिडिया बदनाम ?


विपत्तिको समयमा भारतीय मिडिया बदनाम हुनुको प्रमुख कारण नेपालमा उनीहरुले गरेको अस्वस्थ प्रतिस्पर्धा र विशिष्ठ बन्न प्रयोग गरिएका जायज र नाजायज प्रोपोगाण्डा हुन् । त्यति मात्र होइन भारतीय कतिपय मिडियाकर्मीले नेपालमा ज्यादती समेत गरे जुन कुरा सुरक्षा निकायले समेत सहन नसक्ने अवस्थामा थियो ।

अधिकाँश भारतीय सञ्चार माध्यमले नेपालको भूकम्पमा भारत सरकार र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी भगवान नै बनेर उद्दारका लागि लागिको जस्तो गरि प्रस्तुत गरे । एउटा सार्वभौम मुलुकमा भारतीय सञ्चार माध्यमका शैलीलाई नेपालीले पचाउन सकेनन् ।

त्यति मात्र होइन नेपालका विषयमा भारतीय सञ्चार माध्यमले भएका र नभएका दुवै कुराहरु प्रस्तुत गरेर दुनियाँलाई उल्लु बनाए ।

कति सम्म भने भियतनामका एक चर्चित फोटो पत्रकारले सन् २००७ मा खिचेको २ वालवालिकाको तस्विरलाई भारतीय मिडियाले नेपालको भनेर यसरी प्रचार गरेकी विदेशी मात्र होइन नेपाली समेत झुक्किए । उक्त तस्विरमा रहेका वालवालिका नेपालमा गएको विनाशकारी भूकम्पबाट टुहुरा बनेका बालबालिका रहेको र उनीहरुको अव कोही पनि नबँचेको भन्नै शैलीमा इण्डिया टिभीले त बनाबटी कथा नै तयार पारेर प्रसारण गर्‍यो ।

यो तस्विर कपी राइट नमागी प्रयोग गरिएको भन्दै भियतनामी पत्रकारले भारतीय सञ्चार माध्यम विरुद्ध मुद्धा हाल्ने तयारी गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय मिडियाको विरोधमा भारतमै बनेका कार्टुन

रामदेवले गरे अर्को हंगामा

भूकम्पको समयमा नेपालमा रहेका भारतीय योगगुरु रामदेवले पनि नेपालको विपत्तिको समयमा पाकिस्तानविरुद्ध राजनीति गरे । उनले एएफपीका पत्रकारले गोरखा गुम्दामा भूकम्पपीडित आमाछोराले राहतका लागि हात जोडेको तस्बिर देखाएर पाकिस्तानले दिएको खाना नेपालीले अस्वीकार गरेको भनेर प्रचार गरे ।

अन्य सञ्चार माध्यमहरुको शैली पनि टेलिसिरियल वा बनाबटी कथा जस्तो गरेर प्रस्तुत गरिपछि नेपाली त आगो भए भए विश्वभरी भारतीय मिडियाको भूमिकाका विषयमा बहस शूरु भएको छ । भारतमै समेत कतिपय विज्ञहरुले आफ्नै मिडियाको भूमिकामाथि गम्भिर प्रश्न उठाएका छन् ।


एक भारतीय डाक्टर सीमाले त भारतीय मिडियालाई १ सातामै चिनेर नेपालीहरुले आफूहरु गुलाम नबनेको कारण पुष्टी  गरेको समेत भनेकी छिन् ।

आजतकले पनि भूकम्पले ८० लाख जनता प्रभावित भएको समवेदनालाई टेलिसिरियलको कथाजस्तै प्रस्तुत गर्‍यो ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses