सिके राउतले पहाडे महिलालाई बेश्याको संज्ञा दिएपछि…
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

मधेशलाई नेपालबाट अलग्याउँने अभियान नै चलाएका सिके राउतले पछिल्लो पटक दिएको अभिव्यक्ति निक्कै आपत्तिजनक छ । 

देश महाभूकम्पमा प्रताडित भइरहेका बेला उनले पहाडीलाई मधेशमा आश्रय दिन नहुने मात्रै होइन, पडाडीको वेश्यावृत्ति गर्ने पुख्र्यौली पेसा भएको भन्दै उनीहरुलाई मधेशमा वस्न दिन नहुने आशयको टुइट गरेका छन् । उनको यो अभिव्यक्ति अहिले चर्चा र विवादको विषय बनेको छ । पटक–पटक मधेशलाई स्वतन्त्र राज्य बनाउँनु पर्ने भन्दै देशहीतविपरित अनेक कदम चाल्दै आएका राउतको यो टुइटप्रति आम देशभक्त नागरिकको मनमा चोट पुगेको छ ।

को हुन् सिके राउत ?

मधेस नेपालभित्र अटाउन नसक्ने र अलग्गै स्वतन्त्र देश हुने घोषणा गर्दै मधेसी युवालाई देशविरुद्ध भड्काउने अभियान चलाएका व्यक्ति हुन्,  सिके राउत  । उनले केही समयअघि स्वतन्त्र मधेस राष्ट्रका विषयमा विराटनगरस्थित रामजानकी मन्दिरमा खुला छलफल चलाएका थिए । कार्यक्रममा प्रबचन दिएका राउतले नेपालबाट अलग्गै ‘मधेस देश’बनाएर स्वराज गर्ने आन्दोलनमा लाग्न युवाहरुलाई आह्वान गरेका थिए । उनलाई पक्राउ गर्न गृह मन्त्रालयमा भएका सुरुक्षा बैठकहरुमा पटकपटक छलफल भएका थिए ।
सप्तरी महादेबा–७ मा जन्मिएका राउत लामो समय अमेरिका बसेर फर्किएका व्यक्ति हुन् । उनले अमेरिकी सरकारको मातहतको कम्पनीमा केही समय जागिर खाएका थिए । सामान्य परिवारका उनी देश टुक्राउने काममा लाखौं रकम खर्च गर्दै कसरी देश दौडाहा गर्दै छन् र युवालाई भड्काउन लागेका छन् भन्ने जानकारी सुरुक्षा निकायले पाउन सकेका छैनन् । उनी पटकपटक स्थलमार्ग हुँदै भारतका विभिन्न सहरमा जाने गरेका रिपोर्ट गृह मन्त्रालयमा छ । काठमाडौं इन्जिनियरिङ पढेर क्याम्ब्रिज विश्वविद्यालयबाट पीएचडी गरेका राउत कम्प्युटर बैज्ञानिक पनि हुन् । उनी सन् २०११ मा अमेरिकाबाट नेपाल फर्किएका थिए । राउत अमेरिकामा दर्ता गरिएको गैरआवासीय मधेसी संघ र स्वतन्त्र मधेस गठबन्धनका केन्द्रीय संयोजक हुन् ।
स्रोत -yeskathmandu.com
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

2 comments

हामि कति लाचार छौ यो सरकार देखि ,.................. साले रन्डिको छोरोले खुलम्खुला यस्तो भनिरहदा सामान्य कमेन्टमा पक्राउ पुर्जि जारि गर्न आदेश दिने यो ग्रर्ह मन्त्रालय के हेरेर बसेको छ !! यस्ता भिजिलान्तेलाई कानुनि कठघरामा उब्याऊन सक्दैनस भने हामि सक्दैनौ भनेर राजपत्रमा पर्काशित गर सारा नेपालि यस्ता कलङ्कलाई कार्बाहि गर्न तयार छन् हैन भने सामान्य नेपलिलाई कानुनि कठघरामा ऊभ्याउने त जस्तो लाचार सरकार सङ्ग कुनै अधिकार छैन ।

yo ck raut ko Dr ko certificate asli ho ki nakkali ....ki utai bihar tira bata kinera liyera aayeko ,jaile jpt jpt boli rahan chha

Write Down Your Responses