बागमती थुनियो, तीनकुनेबासी त्रासमा
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं: वर्षाले बागमती नदीमा बाढी आएको छ। बागमतीमा आएको बाढीले काठमाडौंको तीनकुनेमा बनाइएको डाइभर्सन थुनिएपछि शान्तिनगरक्षेत्र केही भाग डुबानमा परेको छ।
बाढीले सिनामंगल, शान्तिनगर, गैरी गाउँ र तीनकुने क्षेत्रका बासिन्दा त्रसित बनेका छन्। बाढीले शान्तिनगरमा रहेको सामुदायिक पार्क, शान्तिनगर तरकारी बजार र सोही स्थानमा रहेको चर्च डुबानमा परेको छ ।
शान्तिनगर तरकारी बजारका होटल व्यवसायी इश्वरीप्रसाद पाण्डेले बाढी तरकारी बजार, गाडी ग्यारेज र चर्चसम्मै पसेको बताए । बर्षाले बागमती नदीमा बाढी आएको छ। बागमतिमा आएको बाढीले तीनकुनेमा रहेको पुल डाइभर्सन थुनिएपछि शान्तिनगर क्षेत्र डुबानमा परेको छ।
बाढीले थुनिएको तीनकुनेको डाइभर्सन प्रहरीले खुलाउने प्रयास गरिरहेको छ।
annapurnapost.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses