नासाको अन्तरिक्षयान यममा पुग्न अब २७ दिन बाँकी
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

असार ०३, लगभग ९ वर्षको समयपछि (यानि कि ३४३५ दिन) नासाको ‘न्यू होराइजन्स’ (New Horizons) नामक अन्तरिक्षयान ५ खर्ब किलोमिटरको दुरी पार गरेर सबैको लोकप्रिय पूर्वग्रह ‘प्लुटो’ (Pluto) को नजिक पुगेको छ। आउने जुलाइ महिनाको १४ तारिखमा (यानि कि २७ दिन पछि) न्यू होराइजन्स ब्रह्माण्डकै एक्लो ग्रह प्लुटोको वरिपरि पुग्ने नासा वैज्ञानिकहरूले खुलासा गरेका छन्।


सबैको मनमा एउटै कुराले बास गरेको छ, “कहिल्यै कल्पना नगरेको कुरा अब हामी देख्न पाउनेछौँ, अनि बरफै बरफले ढाकेको प्लुटोको वातावरण र यसको उपग्रहरूको पनि अध्ययन गर्ने मौका पाउनेछौँ।” अहिले सम्म त प्लुटो को किरमिरे चित्र देखिएको छ, तर चाडैँ नै त्यसको वास्तविक रङ्ग र आकार हामीले जान्न पाउनेछौँ।


“हामीले अर्को महिनामा सो ग्रहको सतहमा प्रकाश पार्नेछौँ र रातीको बेला त्यसको उपग्रहको बारेमा पनि बुझ्नेछौँ”, प्रधान अनुसन्धानकर्ता ‘एलन स्टर्न’ले (Alan Stern) बताए। सन् १९८९ मा नासाकै ‘भोएजर २’ (Voyager 2) नामक अन्तरिक्षयानले नेप्च्युन (Neptune) ग्रहको खोज गरेपछि यो सबैभन्दा सफल घटना हुन पुगेको छ।

अहिले सो अन्तरिक्षयान हामी र शुक्र ग्रहको दुरीभन्दा पनि नजिक दुरीमा रहेको छ। सो अन्तरिक्षयान सन् २००६ मा फ्लोरिडामा बनाइएको थियो र सो यान बनाउँदा ७०० मिलियन डलर खर्च भएको थियो।

“अन्तिम पल्ट खिचिएको प्लुटोको तस्बिरमा प्लुटोको तलपट्टि भागमा एउटा डार्क स्पट (Dark Spot) देखिएको थियो, अब हामी त्यो स्पट के हो भन्ने कुराको पनि अध्ययन गर्नेछौँ। हामीले अब त्यसको आकार अनि वास्तविक स्थानको बारेमा पनि अनुसन्धान गर्नेछौँ।”-वैज्ञानिकहरूले भने। - अनलाइन पत्रिकबाट भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses