आमाको हत्या गरेको आरोपमा दुई छोरासहित चारजना पक्राउ
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
चितवन, २९ जेठ-पूर्वी चितवनको वीरेन्द्रनगरमा आमाको रहस्यमय मृत्यु प्रकरणमा दुई छोरासहित चारजना पक्राउ परेका छन् ।
रहस्यमय रहेको उक्त घटनामा दुई छोराले एकअर्काविरुद्ध जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक राजन अधिकारीले शुक्रबार जानकारी दिए ।
जेठो छोरा कृष्ण अधिकारीसँग बस्दै आएकी आमा धनकुमारी अधिकारीलाई कुटपिट गरी हत्या गरेको घटनामा अनुसन्धान गर्न छोरा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।रहस्यमय रहेको उक्त घटनामा दुई छोराले एकअर्काविरुद्ध जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक राजन अधिकारीले शुक्रबार जानकारी दिए ।
उनका अनुसार जेठा छोरा कृष्ण अधिकारीसहित उनकी श्रीमती रेणु अधिकारी, अर्का छोरा शालिग्राम र नाति प्रदीप अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरभित्रै कुटपिटबाट गम्भीर घाइते भएकी धनकुमारीको जेठ १४ गते उपचारका क्रममा मृत्यु भएको थियो ।
सो घटनामा कृष्ण अधिकारीले माइला भाइ शालिग्राम घटनामा संलग्न भएको आरोपमा जाहेरी दिएका थिए । उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरी छाडेको थियो । पछि फेरि जेठा छोरा कृष्णविरुद्ध माइला छोरा शालिग्रामले पनि उजुरी दिएपछि उनीसहित चारलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
खैरहनीका प्रहरी निरीक्षक चिनकपुर गुरुङले आफूहरुलाई स्थानीयवासीले घटनाको थप अनुसन्धान गर्न गएको टोलीलाई अनुसन्धान गर्न नदिएको बताए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses