समुन्द्रमा हजारको नोट, निकाल्ने मानिसको भीड
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२८ साउन, एजेन्सी।

भारत स्थित ‘गेटवे अफ इण्डिया’ नजिकको समुन्द्रबाट हजारका नोटहरु निकालिएका छन्। समुन्द्रबाट ती नोटहरु निकाल्नकै लागि सयौं मानिसको भिड लागेको बताइएको छ। एक जानकारी अनुसार दिनभरमा करिब ३ लाख भारतिय रुपैया भेटिएको छ। नोट निकाल्नको लागि ज्यानको बाजी राखेर मानिसहरु समुन्द्री पानीमा फालहान्दैछन्।

बुधबार बिहानबाट नोट भेटिएको खबर पाएपछि मानिसहरु जम्मा भएको जनाइन्छ। आस-पासका बस्तीहरुबाट मानिसहरु हतारहतार समुन्द्री किनारामा जम्मा भएका थिए। प्रहरी पुगेपछि मानिसलाई गहिरो पानीमा नजान भनेतापनि मानिसहरु पैसा निकाल्न फालहानिरहेका बताइन्छ।

घटनाको बारेमा प्रहरीले केही बताएको छैन। आतंककारीले प्रहरी तथा सुरक्षा निकायको ध्यान भट्काउन पनि यस्तो काण्ड गराएको हुनसक्ने अड्कल पनि काटिएका छन्। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses