१३ मानिसलाई मारेर खाएको आरोपमा वृद्धा पक्राउ
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
रुस । रुसकी एक वृद्धालाई १३ जना व्यक्ति मारेर खाएको आशंकामा पुलिसले पक्राउ गरेको छ । पेन्सनर तमारा स्यामसोनोवा नामकी यी महिलालाई पछिल्लो महिना ७९ वर्षीया महिलाको हत्या आरोपमा पक्राउ गरिएको थियो ।
जानकारीका अनुसार पुलिसले ती महिलाको घरको खोजतलास गर्ने क्रममा एउटा डायरी बरामद गरेको थियो जसमा १३ जना मानिसको मृत्युको कुरा बताइएको छ ।
तमारामाथि उनको श्रीमानको हत्याको पनि आरोप लागेको छ । उनले सन् २००५ देखि श्रीमान् हराइरहेको भन्दै पुलिसमा रिपोर्ट दर्ता गराएकी थिइन् ।
तमाराले डायरीमा आफ्नो दिनभरीको कामको बारेमा लेखेकी छिन् ।उनले सबै व्यक्तिको घाँटी रेटेर हत्या गरेर उनीहरुलाई टुक्रा टुक्रा पारेर फ्याँकेको बुझिएको छ ।
अदालतमा तमाराले आफ्नो अपराध स्विकार गर्दै आफूले सजायँ पाउनुपर्ने बताएकी छिन् । पछि न्यायाधिसले उनलाई रिमान्डमा पठाउन आदेश दिए तब उनी ताली बजाएर हाँस्न थालिन् । तमाराको गिरफ्तारी त्यतिबेला भयो जब एक महिना पहिले जुलाइमा उनलाई सिसिटिभी फुटेजमा कैद गरियो । उक्त भिडियोमा उनी एक वृद्ध महिलाको शवलाई टुक्रा टुक्रा गरेर प्लाष्टिकमा लिएर जाँदै गरेको देखिएकी थिइन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses