ज्योती मगरको पक्षमा के लेखियो सामाजिक संजालमा ?
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाण्डौ । गायक र एवं पत्रकार रामप्रसाद खनालले गायिका ज्योती मगरले अभिनय गरेको म्यूजिक भिडियोको आलोचना गर्दै ‘बरु ब्लू फिल्म खेल्नु’ भनेपछि सामाजिक संजालमा ज्योती हटकेक बनेकी छिन् ।
फेसबुक, ट्वीटर र उनको गीत अपलोड गरिएको युट्युवमै पनि अधिकांशकले ज्योतीको हर्कतको निन्दा गरेका छन् ।
मलेसियामा कार्यरत नेपाली इन्द्र नारथुङ्गेले आफ्नो फेसबुक स्टटासमा यस्तो लेखेका छन-
ज्योती मगरले अभिनय गर्दा र स्टेज सोमा प्रस्तुत हुँदा पक्कै छोटो कपडा लाउँछिन् । त्यसलाई नेपाली समाजको एक पुस्ताले अलिक पचाउन सक्दैन । तर नेपालमा ज्योती मगर मात्रै त्यस्तो कलाकार होइनन् । दर्जनौं फिल्ममा दर्जनौं नायिकाहरुले उत्तेजक किस र बेड सिन दिईसकेका छन् । कतिपय फ्लिमको त सम्बाद सुन्दा पनि अपाच्य लाग्छ, जुन सम्बाद नायिकाले बोलेकी हुन्छिन् ।
ज्योती मगरले छोटो कपडा लाएर नाचेकै आधारमा आफूलाई लोक गीत क्षेत्रको स्वघोषित गड फादर मान्ने एक भू. पू. नेपालीले आज सामाजिक सञ्जाल मार्फत ‘निलो फिल्म’ यानेकी ब्लु फिल्म खेल्ने सल्लाह दिएछन् ।
एक अग्रज वा नेपाली लोक सङ्गीतको पारखीको नाताले ज्योतिलाई लामो लुगा लगाएर नाच्न वा छोटो पहिरनमा लोकगीत नगाउनरननाच्न सल्लाह दिनुलाई अन्यथा मान्नु हुँदैन । तर सिधै निलो फ्लिम खेल भन्नू कहाँसम्मको तपाईको बौद्धिकता हो रामप्रसाद खनाल ज्यू ?
लोकगीतमा भित्री बस्त्र देखिनेगरी अभिनय गरेकोमा धेरैले आपत्ति जनाए ।
फेसबुकमै मंगोलियन केटो लेख्छन-
ज्योति मगरलाई सिधै निलो फिल्म खेल भन्नुको तात्पर्य प्रष्ट पारिदिनु पर्यो रामप्रसाद खनालले । ज्योतिको नितान्त ब्यक्तिगत इच्छा र पेसामा ठाडो हस्तक्षेप गर्ने अधिकार कस्ले दियो रामप्रसाद खनाललाईरु ज्योती लाई कपालमा समाएर घुमाउनु भन्दा अगाडी बिनिता बराल,नम्रता श्रेष्ठ, पुजना प्रधान, रेखा थापा, सुस्मा कार्की जस्ता अरु धेरै ले सेक्स भिडियो बनाउनेहरुलाई उधोमुन्तो पार्न सकेउ भने ज्योतिको बारेमा बोल्नु सुहाउँछ कि ? भिडियो हेर्न तलको बाकस थिच्नुहोस
1 comments
Write Down Your Responses
August 13, 2015 at 8:05 AM
lok geet lai nepali cinema sanga dajne manxe chahi katti ko dimag bhako manxe hola ta??