Feature,
News
»
अक्षयकुमारले आफ्नै सासुको शोषण गरेको खुलासा !
अक्षयकुमारले आफ्नै सासुको शोषण गरेको खुलासा !
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
मुम्बई । अभिनेता अक्षय कुमार, उनकी सासु आमा डिम्पल पाडिया र श्रीमति ट्विंकल खन्नालाई भारतको सर्वोच्च अदालतले नोटिस जारी गरेको छ । यी तिनैजनाले घरेलु हिंसा गरेको भन्दै अदालतमा उजुरी परेपछि अदालतले उनीहरुलाई नोटिस जारी गरेको हो । अक्षयका ससुरा राजेश खन्नाका लिभ इन पार्टनर रहेकी अनिता आडवाणीले यी तिन जनाले आफूमाथि हिंसा गरेको भन्दै अदालतमा उजुरी दिएकी थिइन् ।
अभिनेता राजेश खन्नाको निधन भएपछि मात्रै अनिताले आफूमाथि अन्याय भएको सार्वजनिक गरेकी थिइन् । यसअघि अनिताले बम्बे हाइकोर्टमा अक्षय, ट्विंकल र डिम्पलविरुद्ध घरेलु हिंसा गरेको भन्दै केस दर्ता गराएकी थिइन् ।बम्बे हाइकोर्टले अनिता राजेश खन्नाकी श्रीमती नभएको भन्दै मुद्दा खारेज गरिदिएको थियो । त्यसपछि अनिता सर्वोच्च अदालत पुगेकी थिइन् । अक्षयकुमारलाई कानुनी सल्लाह दिंदै आएको ‘आईसी’ फर्मका अनुसार अहिलेसम्म अक्षयलाई यस किसिमको पत्र नआएको हुँदा सबै डकुमेन्ट हेरेर जवाफ के लेख्ने भन्नेमा निर्णय गर्ने जानकारी दिएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses