पाँचौ पटक आमरण अनशन बसीसकेका डा केसी आजबाट फेरी अनशन बस्ने
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
August 24, 2015
काठमाडौं, भदौ ७ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा गोविन्द केसी आज अपराह्न्न पछि आमरण अनशन बस्ने भएका छन् । यो उनको छैटौँ आमरण अनशन हुनेछ । चिकित्सा शिक्षा नीतिसम्बन्धी डा. केदारभक्त माथेमा नेतृत्वको कार्यदलले पेश गरेको प्रतिवेदन कार्यान्वयनको माग गर्दै उनी अनशन बस्न लागेका हुन् ।
इमान्दारीता र नैतिकता कतै पनि नबचेकाले फेरी आमरण अनशनमा जानुको विकल्प नरहेकाले अनशन थालेको उनले ताजा खबरलाई बताए । प्रतिवेदन कार्यान्वयनका लागि पटक–पटक दिएको समयसीमा भित्र पनि सरकारले प्रतिवेदन कार्यान्वयनमा चासो नदेखाएको भन्दै उनी अनशन बस्ने भएका हुन् ।
केसीले गत साउन ८ गते सरकारलाई ६ सूत्रीय मागसहित अल्टिमेटम दिएका थिए । तर उनका माग पुरा नभएपछि फेरी यस्तो अप्रिय निर्णय लिन बाध्य भएको जनाएका छन् ।
0 comments
Write Down Your Responses