बन्दका कारण जनजीवन प्रभावित, थुप्रै कार्यकर्ता पक्राउ, बन्द पाँच बजे खुल्ने
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ भदौ ६ गते ९:१२
काठमाडौं, ६ भदौ । सिमाङ्कनमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएको आदिवासी जनजाति महासंघले आह्वान गरेको नेपाल बन्दले राजधानीसहित मुलुकभरिको जनजीवन प्रभवित भएको छ ।
बन्द सफल बनाउन बिहानै सडकमा उत्रिएका महासंघका तीन दर्जन बढी समर्थकलाई प्रहरीले पक्राउ समेत गरेको छ ।
राजधानीको नयाँ बसपार्क, चाबहिल, सातदोबाटो, कलंकीलगायतका स्थानमा प्रदर्शनकारीलेव शान्तिपूर्ण रुपमा प्रदर्शन गरेको महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले जानकारी दिनुभयो ।
अध्यक्ष कुमालका अनुसार बन्द बेलुका पाँच बजेपछि खुल्नेछ ।
0 comments
Write Down Your Responses