पुर्व आईजिपी खरेलले भने– वामदेवले शक्ति प्रदर्शन नगर्ने आदेश दिँदा एसएसपी मारिए
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं,भदौ ९–पुर्व आईजिपी अच्युतकृष्ण खरेलले गृहमन्त्रीको गलत आदेशले कैलालीमा ठुलो दुर्घटना भएको बताएका छन् ।
नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह लगायतका तिन जना नेताहरुले जातिय द्वेश फैलाउने अभिब्यक्ती दिँदा पनी सरकार लाचार भएकोमा आपत्ति जनाउँदै उनले भने, ‘त्यस्ता विवादास्पद अभिब्यक्ति दिँने सभासद्लाई कारवाही गर्न नसक्ने सरकारी नेतृत्व पनि कैलाली घटनाको मुख्य कारण हो ।’ आफु आईजिपी हुँदा सहयोगीको भुमिकामा रहेका प्रहरी अधिकारी पनी कैलाली, कंचनपुर तिर रहेको भन्दै उनिहरुका अनुसार भाडामा प्रदर्शनकारी लगिएको सुचना आफुले पाएको खरेलले दावी गरे । त्यस्तै आन्दोलनमा ज्यान गुमाउने प्रदर्शनकारीलाई दश लाख दिने तर सोही क्रममा ज्यान गुमाउने प्रहरीले साँढे सात लाख मात्र पाउने गतल सरकारी नितीले आन्दोलनकारीको मनोवल बढेको उनले बताए ।
0 comments
Write Down Your Responses