शाहरूख साँच्चै रिसाएका छैनन् त दिपिकासँग
भिडियो हेर्न तलको बाकस थिच्नुहोस







शाहरूखको फिल्मबाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री दिपिका पादुकोणले शाहरूख खान उनीसँग नरिसाएको बताएकी छन्। एक कार्यक्रममा उनले हालै गरेको इन्सटाग्राम पोस्टलाई लिएर शाहरूख रिसाएको खबर बाहिरिएको थियो। आगामी वर्ष दिपिकाको 'बाजीराव मस्तानी' र 'दिलवाले' एक्कै मितिमा वक्सअफिसमा भिड्ने भएपछि दिपिकाले आफ्नो फिल्मको पहिलो झलकको पोस्टर र 'च्यालेन्ज एसेप्डेड' ह्यास ट्याग पोस्ट गरेकी थिइन्।

सो ह्यासट्यागलाई उनले केही समयपछि हटाएकी थिइन्। उनको सो पोस्टलाई लिएर शाहरूख खान रिसाएको भन्ने खबर सार्वजनिक भएको थियो। यध्यपी हालसम्म शाहरूखले सो बारे केही बोलेका छैनन्। दिपिकाले शाहरूख आफूसँग नरिसाएको र उनले सो समयमा आफूलाई आफूले खोलेको फाउन्डेसनको बारेमा बधाई दिएको उक्त कार्यक्रममा बताइन्।
दुबैको फिल्म आगामी जनवरी १८ मा एकै मितिमा रिलिज हुँदैछ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses