अमिताभ बच्चनले सुटिङ गरिरहेको स्थानमा गोली चल्यो, एक जनाको ज्यान गयो
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

८ जेठ, एजेन्सी ।

बलिउडका बीग बी भनिने अभिताभ बच्चनले आफू सुटिङ गरिरहेको स्थानमा गोली चलेको जानकारी दिएका छन् ।

मुम्बइमा फिल्म सुटिङ भैरहेको स्थानमा एक्कासी गोली चलेको हो । यद्यपी घटनामा अभिताभ बच्चन भने सुरक्षित रहेको जानकारी उनले आफै ट्विट गरेर जानकारी दिएका छन् ।


बाइकमा आएका २ ब्यक्तिले गोली चलाएको र एक ब्यक्तिको घटनास्थलमै ज्यान गएको जानकारी अभिताभले ट्वीटमा दिएका छन् ।

फिल्म सिटीमा उक्त घटना भएको र यस विषयमा अभिताभ बच्चनले आफै ट्वीट गरेर जानकारी दिएका छन् ।

त्यस नजिकै अर्का अभिनेता शाहरुख खानको फिल्म समेत सुटिङ भैरहेको समाचारमा उल्लेख छ ।

गोली लागेका अर्का ब्यक्तिलाई अस्पताल भर्ना गरिएको छ । फायरिङ गरेका ब्यक्ति भने तत्कालै भागेको समचारमा जनाइएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses